साप्ताहिक संवाददाता
मंसिर २२, २०७५
इन्जीनियरहरूले यस्तो रोबोटिक हात बनाएका छन्, जसले मानिसलाई खाना खान सहयोग गर्छ । उक्त रोबोटिक हातलाई ‘आर्म अ डाइन’ नाम दिइएको छ ।
समाचारअनुसार यो रोबोटिक हातलाई कुनै पनि मानिसको छातीमा लगाउन सकिन्छ । यो रोबोटिक हातलाई अस्ट्रेलियाको आरएम आइटी युनिभर्सिटी तथा इन्डियन इन्स्टिच्युट अफ इन्फर्मेसन टेक्नोलोजीले निर्माण गरेको हो ।
निर्माताहरूका अनुसार यो रोबोटिक हातले खाना खाँदाको अनुभवमा समेत परिर्वतन ल्याउनेछ । रमाइलो कुरा त के छ भने यो रोबोटिक हातले मानिसको अनुहारको हाउभाउ बुझेर खाना ख्वाउँछ ।