साप्ताहिक संवाददाता
अन्तर्राष्ट्रिय पर्वतारोहण दिवसको अवसरमा मंसिर २४ गते सोमबारदेखि २६ गते बुधबारसम्म पोखराको अन्र्तराष्ट्रिय पर्वतीय संग्रहालय परिसरमा पाँचौं संस्करणको अन्तर्राष्ट्रिय पर्वतीय महोत्सव नेपाल पर्वतारोहण संघ । नेपाल पर्वतारोहण संघले आयोजना गर्ने महोत्सवमा ४० वटा स्टल रहनेछन् जसमा विज्ञान, प्रविधि, विभिन्न परिकार, सूचना केन्द्रका साथै विभिन्न पर्यटकीय वस्तुहरूको स्टल रहने नेपाल पर्वतारोहण संघका अध्यक्ष सन्तवीर लामाले जानकारी दिए ।
पर्यटन प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित यो महोत्सवको अवसरमा अग्रज म्याराथन धावक वैकुण्ठ मानन्धरको नाममा ‘एन.एम.ए. वैकुण्ठ मानन्धर हिमालयन म्याराथन’ प्रतियोगितासमेत हुन लागेको छ । यसका अतिरिक्त महिलाका लागि साढे २२ किलोमिटरको हाफ म्याराथन प्रतियोगिता सञ्चालन गरिने बताइएको छ ।
महोत्सवकै अवसरमा एन.एम.ए.साइक्लिङ प्रतियोगिता तथा एन.एम.ए. टोनी हेगन टुरिज्म पेन्टिङ प्रतियोगिता समेत आयोजित गरिने अन्तर्राष्ट्रिय पर्वतीय संग्रहालयले जनाएको छ । महोत्सवमा गुरुङ, मगर, राई, लिम्बू, शेर्पा, थकाली, तामाङ आदि जनजाति तथा समुदायका मौलिक नृत्यका साथै स्थानीय तथा राष्ट्रिय कलाकारहरूको प्रस्तुति पनि समेटिनेछ ।
लोपोन्मुख अवस्थामा पुगेको तारो हान्ने, छेलो हान्ने प्रतियोगिता, वोल्डरिङ क्लाईम्विङ प्रतियोगिता महोत्सवको आकर्षणका रूपमा रहनेछन् । महोत्सवकै अवसरमा अन्तर्राष्ट्रिय पर्वतारोहण दिवस मंसिर २४ गते का दिन विश्व प्रसिद्ध हिमाल आरोहीहरूलाई सम्मान गरिनेछ ।