साप्ताहिक संवाददाता
चलचित्र ‘डोली’ सेन्सर बोर्डबाट पिजी सर्टिफिकेट प्राप्त गरेको छ । आगामी शुक्रबार अर्थात मंसिर २८ गतेबाट अल नेपाल प्रदर्शनको तयारीमा रहेको यो चलचित्र राजबहादुर सानेले निर्देशन गरेका हुन् । सेन्सर बोर्डले प्रदान गरेको प्रमाणपत्रका आधारा अब यो चलचित्र १६ बर्ष भन्दा कम उमेरका दर्शकले अभिभावक बिना हर्न नपाउने भएका छन् ।
किरण नेपालीको प्रस्तुति रहेको चलचित्रमा किशोर खतिवडा, पृथ्वीराज प्रसाई, अर्जुन गुरुङ, सानीया खान, संगीता नापीत, नवीन रेग्मी, प्रशान्त भण्डारी, प्रिया रिजाल, सतिश खत्री, दामोदर खतिवडा, हिउँवाला गौतमलगायतका कलाकारले अभिनय गरेका छन् ।
जयराम थापाले खिचेको चलचित्र रेड बर्ड प्रोडक्शनको ब्यानरमा निर्माण भएको हो । निर्देशक सानेकै लेखन रहेको फिल्मले समाजीक सन्देशका साथ भरपुर मनोरञ्जन दिने दावी निर्माण पक्षको छ । डोलीको अधिकांश दृश्य नुवाकोटमा खिचीएको हो ।