साप्ताहिक संवाददाता
रमेश त्वयनाको निर्माण तथा सुव्रतराज आचार्यद्वारा निर्देशित चलचित्र सुश्री सम्पत्ति शुक्रबारदेखि देशभर एकसाथ प्रदर्शनमा आएको छ । सामाजिक कथा बोकेको यो हास्यप्रधान चलचित्र दुई युवाले धनप्राप्तिका लागि सम्पन्न युवतीको खोजीमा गर्ने क्रियाकलापमा आधारित छ ।
चलचित्रमा धनी वाउकी एक्ली छोरी हुनुको पीडा समेत प्रस्तुत गरिएको छ । अभिनेत्री सारा श्रीपाइलीलाई सुश्री सम्पत्तिको केन्द्रीय भूमिकामा छिन् भने सलोन र विनोद उनको पछि लाग्ने युवाको भूमिका छन ।
पोखराका मनोरम दृश्यहरूसहित विभिन्न स्थानमा छायांकन गरिएको यो चलचित्रको गीत हुकुम बक्सियोस् निकै चर्चित छ । यो चलचित्रको टेलरले समेत राम्रो प्रतिक्रिया पाएको छ ।
अर्जुन तिवारीको छायांकन, सुव्रतराज आचार्य र अभिमन्यु निरवीको लेखन तथा पटकथा एवं भरत रेग्मीको सम्पादनको यो चलचित्रमा १ करोड ४० लाख रुपैयाँ लगानी भएको बताइन्छ ।
निर्देशक : सुव्रतराज आचार्य
कलाकार : सलोन बस्नेत, सारा शिर्पाली, विनोद न्यौपाने, प्रमोद अग्रहरी, राजाराम पौडेल, जयनन्द लामा आदि ।
संगीत : सुरेश अधिकारी