साप्ताहिक संवाददाता
विभिन्न अन्तर्राष्ट्रिय चलचित्र महोत्सवमा छानिएको चलचित्र कथा ७२ आज देशभरका हलमा प्रदर्शन आएको छ । यो चलचित्रको प्रिमियर मंसिर २१ मा सुरु भएको काठमाडौं अन्तर्राष्ट्रिय पर्वतीय चलचित्र महोत्सव (किम्फ) मा गरिएको थियो ।
नेपाल तथा विदेशमा भएका प्रिमियरबाट राम्रो प्रतिक्रिया पाएको यो चलचित्र २०७२ को भूकम्पले मानवीय सम्बन्ध र संवेदनामा पारेको प्रभावमा केन्द्रित छ । यो चलचित्रका लेखक तथा निर्देशक प्रवीण स्याङ्बो हुन् । लोकल सिनेमा, आइसफल प्रोडक्सन तथा दक्षिण अफ्रिकी कम्पनी बिफ्याट मोटेलबीचको सहकार्यमा निर्माण गरिएको चलचित्र कथा ७२ लाई सन डान्स अन्तर्राष्ट्रिय एवार्ड विजेता चिन्तन राजभण्डारीले खिचेका हुन् ।
चलचित्रको सार्वजनिक ट्रेलरले युट्युबमा राम्रो प्रतिक्रिया पाएको छ । कथा ७२ सिन्धुपाल्चोक, पाँचपोखरी, भोताङ आदि भूकम्प प्रभावित क्षेत्रमा खिचिएको छ । चलचित्रमा भूकम्पको प्रभावलाई प्रतीकात्मक रूपमा प्रस्तुत गरिएको निर्देशक स्याङ्बोले बताए ।
निर्देशक : प्रवीण स्याङ्बो
कलाकार : आकाश मगर, सुप्रिया राना, भुइसाल लामा, पाल्मो सन्जु, केदार श्रेष्ठ, शारदा अधिकारी, रोमस आदि ।
संगीत : नोब्ले फ्रेक्स