साप्ताहिक संवाददाता
मंसिर २८, २०७५
टेकुस्थित कौशी थिएटरमा सेम टाइम नेक्स्ट इयर नाटक मञ्चन भैरहेको छ । अमेरिकी लेखक बनार्ड स्लेडको लेखन तथा चे शंकर रिजालको निर्देशनको उक्त नाटक मंसिर ७ गतेदेखि नियमित मञ्चनमा छ ।
कथा घेराद्वारा प्रस्तुत उक्त नाटकमा आकांक्षा कार्की तथा दिव्यदेव पन्तले अभिनय गरेका छन् । अंग्रेजी भाषाको यो नाटक मंसिर २९ गतेसम्म प्रस्तुत हुने बताइएको छ ।