साप्ताहिक संवाददाता
मंसिर २८, २०७५
गयिका मेलिना राई र भिडियो एडिटर टेकेन्द्र शाहको श्वरमा रहेको ‘लौ गोरी’ गीतको म्युजिक भिडियो सार्वजनिक भएको छ । शुक्रबार सार्वजनिक गरिएको उक्त म्युजिक भिडियोमा शब्द आनन्द अधिकारीको रहेको छ ।
म्युजिक कलेक्सन पदम शाह र लक्ष्मी शाहको छ भने म्युजिक एरेन्ज अल्मोडा राना उप्रेतीको रहेको छ ।
वर्षा राउत, आकाश श्रेष्ठलगायतका कलाकारहरुको अभिनय रहेको भिडियोलाई राजीव समरले निर्देशन गरेका हुन् ।
मनोज बस्नेतले निर्माण गरेका हुन् भने कोरियाग्राफी रामकुमार केसीको छ । यस्तै, सम्पादन टेकेन्द्र शाहकै छ भने प्रोडक्सन म्यानेजर विशाल कार्की रहेका छन् ।
लौ गोरीको म्यूजिक भिडियो :