साप्ताहिक संवाददाता
आफ्नी मायालुसँग क्याफेमा बसेर गफ गर्दै ब्ल्याक कफीको चुस्की लिनुको मज्जा छुट्टै छ । दिनभरि गफ गर्दा नि अघाइन्न ।
नीलिमा ठकुरी
आफूसँग भएका पुराना कपडाहरू जम्मा गरेर पशुपतिलगायत अन्य क्षेत्रमा रहेकाहरूलाई सहयोग गरे निकै राम्रो हुन्छ ।
मेरो कथा डियर कल्याण
केही पनि नगर्दा हुन्छ, रमाइलो त त्यसै हुन्छ, जब मन चंगा हुन्छ— चाहे जाडो होस् या गर्मी ।
अहम गुरु
बिहे गर्दा । ओहो ! सोच्दा पनि आङ सिरिङ्ग भएर आउँछ, सायद सिङ्गल भएर होला ।
रबिन क्षेत्री
अगेनाको छेउमै स–परिवार बसेर गफ गर्दा सार्है रमाइलो हुन्छ ।
वसन्त पाण्डे
घाममा बसेर बदाम र सुन्तला खाँदै गफिँदा कम्ता रमाइलो हुन्छ ?
सुमन श्रेष्ठ
चिसो पानीले नुहाउँदा ।
मणिराज
खुकुरी रम मह र तातो पानीका साथ, सुनसान रात प्रियसीको साथ ।
सुवास पौडेल
आगो ताप्दा नि ।
सन्तोष
खुल्ला चौरमा बसेर घाम ताप्दै सुन्तला र बदाम खाँदा निकै रमाइलो हुन्छ ।
दीप तामाङ
एक बोतल रम अनि ब्ल्याङ्केट भए पुग्छ । जापानतिर जाडोमा यस्तै गर्दा रै’छन् ।
प्रवेश थापा
साथीभाइ तथा आफन्तसँग पिकनिक खेल्न पाउँदा एकदम रमाइलो महसुस हुन्छ ।
विक्रम लावती
सिरकभित्र गुटुमुटु भएर बिहान घाम नलागुन्जेल सुत्न रमाइलो मात्र होइन, असाध्यै रमाइलो हुन्छ ।
रोहन राना
पोहोर–परारको जस्तै गर्दा त्यसै रमाइलो हुन्छ नि ।
युबुचा बहिङ
तात्तातो चिया–कफी पिउँदै साथीहरूसँग हल्ला गरी बस्नुको मज्जा बेग्लै हुन्छ ।
मनिष श्रेष्ठ
पहाड चढ्दा ।
रामजी पौडेल
अगेनाको छेउमा बसेर सिंगान झार्दै आगो ताप्न रमाइलो लाग्छ मलाई त ।
सन्तोष रानामगर
तीनपाने टुच्छ लगाउँदा सार्है रमाइलो हुन्छ ।
बाबुश्री
आगो ताप्दै, गफ गर्दै पोलेको आलु खाँदा मज्जा आउँछ ।
टेकमान फेम्बू
घुम्न जाँदा रमाइलो हुन्छ ।
शम्भु
बूढीसँग बसेर गफ गर्दा रमाइलो हुन्छ ।
जीवन क्षेत्री
सिरकमाथि सिरक खापेर सुत्न पाउँदा रमाइलो लाग्छ ।
रोशनी गिरी
जडोमा घाम ताप्न पाउँदा आनन्द लाग्छ ।
ड्रिम गर्ल
सिरक ओढेर सुत्दा मज्जा आउँछ ।
पविन ढकाल
तीनपाने पिउँदा ।
दीपक