साप्ताहिक संवाददाता
पुस १, २०७५
विश्वमै महँगो ब्रान्डका रूपमा परिचित एमभी अगस्टाका बाइक नेपाली बजारमा समेत उपलब्ध हुन थालेको छ । नेपाली बजारमा ५७ लाख ९० हजार रुपैयाँसम्मका एमभी अगस्टाका बाइक खरिद गर्न सकिन्छ ।
आधिकारिक वितरक भेलोसिटीले लाजिम्पाटमा शोरुम स्थापना गरी एमभी अगस्टाका बाइकको बिक्री प्रारम्भ गरेको हो । हाल नेपालमा एमभी अगस्टाका ५ वटा मोडलका बाइक उपलब्ध छन् ।
तीमध्ये सबैभन्दा महँगो बाइक ९९८ सीसीको एफफोर ब्लान्को तथा एफफोर रोसो हो । यसको मूल्य ५७ लाख ९० हजार रुपैयाँ छ ।
त्यसैगरी सबैभन्दा सस्तो बाइक एफथ्री ६७५ हो र यसको मूल्य ४१ लाख ९० हजार रुपैयाँ छ । त्यसैगरी ब्रुटाले ८०० आरआरको मूल्य ४३ लाख ९० हजार एवं ड्रयागस्टार आरआरको मूल्य ४६ लाख ९० हजार रुपैयाँ छ ।