पुस १, २०७५
प्रवासी भूमिमा पनि लगातार गीतसंगीतमा लागि रहने एउटा नाम हो – भद्रकला आङ्बुहाङ राई । समाजसेवा र संगीतप्रतिको अगाध आस्थाकै कारण भद्रकलाले सयौं गीतहरु श्रृजना गरिसकेकी छिन् । उनै भद्रकलाका गीतहरु एकल साँझ कार्यक्रम मार्फत सार्वजनिक हुँदैछन् ।
एकल साँझमा भद्रकलाद्धारा रचित गीत, संगीतहरु प्रस्तुत हुनेछन् । कार्यक्रममा राई ईज किङ् उपाधि पाएका गायक राजेशपायल राई, गायक तथा संगीतकार बादल लिम्बु, गायिका प्रविशा अधिकारीले भद्रकलाका श्रृजनाहरु सुनाउँनेछन् भने अभिनेत्री मारिस्का पोखरेल र डान्सर सोनिका रोकायाले भद्रकलाकै गीतहरुमा नृत्य प्रस्तुत गर्नेछन् ।
बिरामीहरु नितेश लिम्बु र सविता मिजारको उपचारको सहयोगार्थ आयोजना गरिएको एकल साँझ यहि १३ जनवरी २०१९ का बेलुकी ७:३० बाट याउमा तेई कम्युनिटी हलमा प्रस्तुत हुनेछ ।