साप्ताहिक संवाददाता
निर्मल शर्माको निर्देशनमा बोधी एचडीबाट प्रशारण हुने गरी रमाइलो वेबसिरिज ‘चुरीफुरी डटकम’को सुटिङ सुरू भएको छ । आर्यन फिल्मस् प्रोडक्सन तथा अमेरिकाको बोधी इन्टरटेन्टमेन्ट एलएलसीको संयूक्त प्रस्तुति रहेको ‘चुरीफुरी डटकम’ लाई शर्माले निर्देशन गर्न लागेका हुन् ।
रमाइलो वेब सिरिज चुरीफुरी डटकमको एक्जिक्यूटिभ निर्माता रमेश एम के पौडेल छन् । शर्माको नेतृत्वमा प्रारम्भ वेब सिरिजको अर्को निर्माता एमीला लामा छन् ।
जसको प्रोमोशनल गीतमा बरिष्ठ संगीतकार तथा गायक शम्भूजीत बास्कोटाको संगीत रहेको छ भने आवाज पनि बास्कोटाकै रहेको छ । यस्तै भीएफएक्स गौतक खड्का र राम चौधरीले गर्नेछन् । मसिंर २८ गते प्रोमोको शुट सम्पन्न भएको निर्माता रमेश एम के पौडेलले जानकारी दिए ।
चुरीफुरी डटकममा निर्देशक शर्मा सहित कलाकारहरु गजीत बिस्ट, रजनी केसी, केशब भट्टराई, कमलमणी मैनाली, मुकुन्द मैनाली, कबी ज्यू, रबी शर्मा (घाटो), सुनीता श्रेष्ठ, स्वनीका बास्तोला, रितु अस्मीता खनाल, रामेश्वर केसी, सुभाष गजुरेलले अभिनय गर्ने छन् ।