साप्ताहिक संवाददाता
चलचित्र ‘दि ब्रेकअप’को प्रदर्शन मिति फेरि सरेको छ । पुष २७ लाई रिलिज डेट तोकेको यो चलचित्र अब फागुन १७ मा रिलिज हुने भएको छ । गतबर्षको प्रेमदिवसमा नै प्रदर्शन हुने भनिएको यो चलचित्र रिलिज मिति दोस्रो पटक सारिएको हो ।
फागुन १७ मा अनमोल केसीको चलचित्र क्याप्टेन पनि सार्वजनिक हुँदै छ । यहि मितिमा आउने भनिएको चलचित्र ‘जात्रै जात्रा’ले भने आफ्नो प्रदर्शन मिति सारेको छ ।
चलचित्र ‘दि ब्रेकअप’मा अभिनेता आशिरमान देशराज जोशी, रेमनदास श्रेष्ठको साथमा नव–कलाकार शिल्पा मास्के र इच्छा कार्कीले शिर्ष भूमिकामा रहेर अभिनय गरेकी छिन् । लभ स्टोरी कथामा बनेको यो चलचित्रको बजेट पनि धेरै लागेको निर्देशक तथा निर्माता वीसीले बताए ।
उनले ‘क्याप्टेन’सँग आउँदा दुबै चलचित्रलाई घाटा नहुने बताए । आफूहरुको लगानी पनि धेरै भएकाले यो मिति भन्दा उत्तम अर्को नपाएकाले यहि मितिमा रिलिज गर्न लागेको बिसीको भनाई छ ।