साप्ताहिक संवाददाता
पुस २, २०७५
चलचित्र ‘आरोप’को ‘ए मन’ बोलको गीत सार्वजनिक भएको छ । अमर ओलीले निर्देशन गरेको यो चलचित्र दिलासा क्रियसनको ब्यानरमा निर्माण भएको हो । सार्वजनिक गीतमा नित्याशिवा र प्रह्लाद तिमिल्सिनाको आवाज रहेको छ ।
एस. के अधिकारीको शब्द संगीत रहेको गीतको कमल राईले कोरियोग्राफी गरेका हुन् । गीतमा किशोर खतिवडा र सञ्चिता लुईंटेल फिचर्ड छन् । चलचित्रमा किशोर र सञ्चितासँगै रिचा थापा, उद्धव गिरी, प्रेम खड्काले पनि शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । यो चलचित्र माघ ११ बाट प्रदर्शनको तयारीमा छन् ।
त्रिकोणात्मक प्रेम कथामा बनेको यो चलचित्र लक्ष्मण सुवेदीले लेखेका हुन् ।
गीतको भिडियो :