साप्ताहिक संवाददाता
एकताका नेपाली चलचित्रमा दुई अर्थी संवाद प्रयोग गर्ने ट्रेन्ड नै चलेको थियो । अहिले त्यो ट्रेन्ड पुरानो भैसकेको छ । दर्शकले स्वस्थ मनोरञ्जन भएका सन्देशमूलक चलचित्रलाई बढी माया गर्छन् भन्ने कुरा छक्का पञ्जा–३ को सफलताले पुष्टि गरिसकेको छ । यति हुँदा–हुँदै पनि कहिलेकाहीँं पुरानै ट्रेन्डको पुनरागमन हुन्छ । यतिबेला चलचित्र ‘जे सुकै होस्’ त्यसै गरी पुनरागमन गर्ने तयारीमा छ ।
चलचित्रको हालै सार्वजनिक ट्रेलरमा सुन्दै लाज लाग्ने संवाद समावेश गरिएका छन् । पुसको तेस्रो साता प्रदर्शनमा आउने भनिएको उक्त चलचित्रको ट्रेलरमा सेन्सर बोर्डको नजर नपरेरै हुनसक्छ परिवारका सबै सदस्यले एकै ठाउँमा बसेर ती संवाद सुन्न सकिँदैन । यो चलचित्रका अधिकांश कलाकार नयाँ छन् । उनीहरूले यौनजन्य दृश्य पनि सहजै दिएका छन् ।
दुई अर्थी संवाद तथा यौनिक दृष्य समावेश भएको ट्रेलर यूट्युबबाट सार्वजनिक भैसकेको छ । अब हेर्नुछ, पूरै चलचित्रलाई सेन्सर बोर्डले कैँची चलाउँछ कि जस्ताको तस्तै पास गर्छ ।