साप्ताहिक संवाददाता
पुस ३, २०७५
काठमाडौं
चलचित्र ‘हजार जुनी सम्म’ को शुभमुहुर्त सम्पन्न भएको छ । निर्माण टिमको उपस्थितिमा मैतीदेवी मन्दिरमा पूजा गरी चलचित्रको काम सुरु गरिएको हो ।
विकाश राज आचार्यको निर्देशनमा तयार हुने चलचित्रमा आर्यन सिग्देल, प्रियंका कार्की, सलोन बस्नेत तथा नयाँ कलाकार अकी प्रधान रहने छन् । यस अघि नै स्वस्तिमा फिल्मका लागी फाइनल भै सकेको निर्देशक विकासराज आचार्यले बताएका छन् ।
नेपाली चलचित्री जगतमै पहिलो पटक सबै भन्दा बढी र चर्चित चलचित्र ‘नाइँ नभन्नु ल’ सिरिज निर्देशक आचार्यको नयाँ फिल्ममा निर्देशक स्वयम् र सामिप्यराज तिमिल्सिनाको स्क्रिप्ट रहने छ ।