साप्ताहिक संवाददाता
पुस ३, २०७५
क्रिकेटर सन्दिप लामिछानेको नयाँ गीतको लिरिकल भिडियो सार्वजनिक भएको छ । उनको सांगीतिक एल्बम ‘तिमी र म’ को नयाँ गीत ‘यो झरीमा’ सार्वजनिक भएको हो । युटुब च्यानलमार्फत लामिछानेले उक्त गीतको लिरिकल भिडियो सार्वजनिक गरेका हुन् ।
बन्दना जोशीको शब्द तथा अफ्सर अली र सन्दिपको कम्पोज रहेको सो गीतमा राजन मगरको सङ्गीत रहेको छ । यसअघि सन्दिपले यही एल्बमका लागि ‘भेटु कसरी’ गीत सार्वजनिक गरेका थिए ।
यो झरीको लिरिकल भिडियो :