साप्ताहिक संवाददाता
चलचित्र कागजपत्रको पोस्टर सार्वजनिक भएको छ । चलचित्र टिमले चलचित्र रिलिज मिति तय गर्दै पोस्टर सार्वजनिक गरेको हो । सार्वजनिक पोस्टरमा चलचित्रका शिर्ष ४ कलाकार नाजिर हुसेन, शिल्पा मास्के, भोलाराज सापकोटा, सरिता गिरी, लोकेन्द्र लेखक फिचर्ड छन् ।
इपी एजुकेशन अष्ट्रेलिया प्रस्तुतकर्ता रहेको चलचित्र वल्र्डवाइड फिल्मस् र अस सिनेमाको संयुक्त व्यानरमा निर्माण भएको हो । चलचित्रमा अपिल बिष्टको लेखन तथा निर्देशन रहेको छ । कागजपत्र सामाजिक तथा कमेडी कथामा निर्माण गरिएको निर्देशक बिष्टले बताउँछन् ।
खिलेन्द्र तिम्सीना, मुकेश रेग्मी र प्रजापती सिवाकोटी निर्माता रहेको कागजपत्रमा किरण न्यौपाने र सरस्वती श्रेष्ठ सह–निर्माताको रुपमा रहेका छन् । चलचित्रमा बसन्त सापकोटा र संगीत सापकोटाको संगीत, क्यासीमिर डिक्सनको छायांकन, निमेष श्रेष्ठको सम्पादन रहेको छ ।
चलचित्र चैत ८ गते रिलिज हुनेछ ।