साप्ताहिक संवाददाता
चलचित्र ‘अनागत’ को टिजर सार्वजनिक गरिएको छ । टिजर सार्वजनिक गर्दै चलचित्र यूनिटले प्रदर्शन मिति समेत घोषणा गरेको छ । माघ ११ बाट अल नेपाल प्रर्दशनको तयारीमा रहेको चलचित्रको टिजरमा श्रीमान–श्रीमतीबीच घर व्यवहारमा उब्जिने समस्यालाई देखाइएको छ ।
यो चलचित्र साम्तेन भुटियाले निर्देशन गरेका हुन् । सस्पेन्स थ्रिलर जानरामा निर्माण भएको चलचित्रमा अर्पण थापा, प्रियंका कार्की, प्रविण खतिवडा र रोशिन सुवेदीले शिर्ष भूमिकामा रहेर अभिनय गरेका छन् । चलचित्र माउन्टेन रिभर फिल्म्स र टाइनी बट बिग पिक्चर्सको ब्यानरमा निर्माण गरिएको हो ।
चलचित्रमा समीर उपाध्याय, चन्द्र कुमार झा, स्व. निलु डोमा शेर्पा र निर्देशक भुटिया स्वयं निर्माता रहेका छन् । चलचित्र सिसन बानियाँले खिचेका हुन् भने चन्द्र कुमार झाको कथालाई प्रवचन श्रेष्ठ र साम्तेन भुटियाले पटकथाको स्वरूप दिएका छन् ।
अनागतको टिजर :