पुस ३, २०७५
जाहन्वी कपुर चलचित्र धड्कनपछि राम्रो सम्भावना भएकी अभिनेत्रीका रूपमा अगाडि आइन् । उनी अहिले करण जोहरले निर्माण गर्ने नयाँ चलचित्रको वर्कसपमा व्यस्त छिन् । जाहन्वी आफ्नो पहिलो चलचित्रका अभिनेता इशान खट्टरसँग डेटमा रमाइरहेको खबर चलचित्र प्रदर्शनका बेला चर्चित थियो ।
अहिले त्यो चर्चा थप बलियो बन्दै गएको छ । जिममा सँगै वर्कआउट गर्ने, समय–समयमा भेट्ने, लन्च र डिनरसमेत सँगै गर्ने, फुर्सदको समय सँगै बिताउने क्रम बढ्दै गएपछि बलिउडमा उनीहरू डेटमा रमाइरहेको बताइन थालेको हो । हालै इशानले सामाजिक सन्जालमा जाहन्वीको एक तस्बिर पोस्ट गरेका छन् ।
मधुर लाइटमा जाहन्वीले मोबाइल हेरिरहेको उक्त तस्बिरमा उनको मधुर मुस्कान समेत देख्न सकिन्छ । यो तस्बिरपछि भारतीय मिडियाले अझ बढी विश्वासका साथ भन्न थालेका छन्— हो, उनीहरू डेटमा रमाइरहेका छन् ।