साप्ताहिक संवाददाता
पुस ४, २०७५
पछिल्लो समय चर्चित बनेकी रबिना बादीको एक पछि अर्को गर्दै नयाँ नयाँ गीत आउने क्रम जारी छ त्यसै क्रममा उनको नयाँ गीत भुल राजधानीमा एक कार्यकम गर्दै सार्वजनिक गरिएको छ ।
करिब डेढ वर्ष पहिले बर्दिया बाँसगढी–१ बेलवा बेतिनीका श्यामलाल ओलीसंग प्रेम विवाह गरेकी रबिना बादीलाई उनका श्रीमान श्यामलाल ओलीले धोका दिएपछि काठमाडौंमा न्याय खोज्दै आएकी थिइन् ।
उक्त गीतमा राज कार्कीको शब्द र केशब सापकोटाको संगीत रहेको छ भने जनता डिजिटल प्रा.लीबाट सार्वजनिक भएको छ । यस गीतमा रबिना बादी, प्रदिप रसाइली र बिपना भण्डारीले अभिनय गरेका छन् । सन्तोष तिमल्सीनाको छायाकंन रहेको यस गीतलाई रबिना बादी आफैँले स्वर दिएकी छिन् ।
भूलको म्यूजिक भिडियो :