पुस ४, २०७५
कम्ब्याट स्पार्ट्स ‘सान्डा प्रो’मा नेपाली मूलका प्रविनबहादुर विश्वकर्मा च्याम्पियन बनेका छन् । हङ्कङ स्थित साउद्रन रंगशालाको कभर्डहलमा आयोजित भिडन्तमा प्रविनले अर्जेन्टिनाका गुस्ताभो हेर्नन एरिअसलाई पराजित गरेका थिए ।
हङकङका नेपालीहरुमाझ खास हेलमेल नभएका प्रविनकी आमा चिनियाँ मूलकी हुन् । ब्यवसायीक खेलाडीकोरुपमा करियर अगाडी बढाईरहेका उनको १९ औ खेल मध्ये सम्पन्न जीत १५ औँ हो ।
हङकङको मल्टिपल च्याम्पियन प्रविन अन्र्तराष्ट्रिय खेलहरु मार्फत नेपालको नाम उचो गराउँन चाहन्छन् । आफुले आर्जन गरेको कौशल हङकङमा बसोबास गर्ने नेपालीहरुमाझ बाड्ने उनको रहर छ ।