साप्ताहिक संवाददाता
पुस ४, २०७५
अभिनेत्री रेखा थापा कफी पारखी हुन् । उनलाई सबैभन्दा मन पर्ने कफी हो– क्यापाचिनो । गफको तालमा उनी कति कप कफी सिद्धियो भन्नेसम्म हेक्का राख्दिनन् ।
हालै पुतलीसडक स्थित स्टारमलमा अवस्थित कफी एभिन्युमा भेटिएकी रेखाले १ घण्टाको अन्तरालमा ४ कप कफी पिइन् । त्यति मात्र कहाँ हो र ? चारपटक कफी पिएपछि उनको नजिकका एक साथीले अन्तिममा फेरि एक कप कफी ल्याउन वेटरलाई अराए ।
ती साथीले मलाई अलिकति धेरै भो, थोरै थपौं ? भनेपछि रेखाले आफ्नो गिलास अघि बढाइन् र त्यो पनि पिइदिइन् । त्यस क्रममा साथीभाइहरूले खासखुस गरे, ‘हैट कति पिएको कफी ?’