पुस ४, २०७५
चीनको यिचुङ सहरमा हालै चिसो पानीमा डुबुल्की मारेर खुर्सानी खाने प्रतियोगिता सम्पन्न भएको छ । पिरो खान मन पराउनेहरू यो प्रतियोगितामा भाग लिन चीनको हुनान र सिचुवान प्रान्तबाट समेत पुगेका थिए ।
२ डिग्री तापक्रमको पानीमा डुबुल्की मारेर सर्वाधिक पिरो खुर्सानी खानुपर्ने उक्त प्रतियोगितामा एक मिनेटमा जसले बढी खुर्सानी खान्छ उही विजेता हुने नियम छ, जसमा यिचुङकै यी हुवान उपाधि हात पार्न सफल भइन् ।