मानिसले भूतसँग विवाह गरेको कुरा त पत्याइँदैन भने विवाह गरेको भूतसँगै पारपाचुके गरेको घटना त अझ अपत्यारिलो हुन्छ । चर्चित चलचित्र ज्याक स्प्यारोमा अभिनय गरेकी एमाण्डा स्प्यारो लार्जले हालै ३ सय बर्ष पुरानो भूतसँग भएको आफ्नो विवाह पारपाचुकेमा टुंगिएको घोषणा गरेकी छिन् ।
ज्याक नामक भूतको आत्मासँग ४६ वर्षीया एमाण्डाले गत जनवरी महिनामा विवाह गरेकी थिइन् । उनीहरूको विवाह आयरल्यान्डको समुन्द्रमा डुङ्गा सयर गर्दै भएको थियो । लार्जले आफ्ना सहयोगीहरूका साथ भएको उक्त विवाहलाई कानुनी मान्यता दिनुपर्छ भनिने आवाजसमेत उठाएकी थिईन् ।
१८ औं शताब्दीको भूतसँग विवाह गरेपछि एमाण्डाले भूतसँगको सुहागरात कुनै जीवित पुरुषसँगको शारीरिक सम्बन्ध जतिकै आनन्ददायक भएको समेत बताएकी थिइन् । उनले भूतको आत्माले आफ्नो हात छोएको, अनुहारमा समाएको र केश सुमसुम्याएको सबै अनुभव हुने दाबी गरेकी थिइन् ।
एमाण्डा हाइटियन समुन्द्री डाँकुको आत्मासंग सन् २०१४ देखि सम्पर्कमा थिइन् । सम्पर्कमा आएदेखि नै एमाण्डाले आत्माका बारेमा बुझ्न थालिन् । एमाण्डा भन्छिन्, जति बुझ्दै गएँ उति नै उसलाई मन पराउँदै पनि गएँ । सन् २०१५ मा उनले उक्त आत्माको नामसँग जोड्दै आफ्नो नाम कानुनी रूपमै एमाण्डा स्प्यारो लार्ज बनाएकी थिइन् ।