मोबाइलबिना हामी जीवनको कल्पना पनि गर्न नसक्ने अवस्थामा पुगिसकेका छौंं । आजभोलि नेपालीहरूको हातमा डेढ लाख रुपैयाँसम्मका ब्रान्डेड मोबाइल पुगिसकेका छन् । यति मात्र होइन, एक व्यक्तिले दुई–तीनवटा विभिन्न प्रकारका मोबाइलसमेत चलाउने गरेका छन् ।
मोबाइलसम्बन्धी अनुसन्धान गर्ने विभिन्न संस्थाले संसारका अधिकांश ग्राहकले मोबाइलको २५ प्रतिशत पनि सदुपयोग नगर्ने बताउँदै आएका छन् । यो कुरा यतै राखौं, नेपाली सेलिब्रेटीहरू कस्ता मोबाइल बोक्छन् त ? उनीहरू मोबाइलमा के–के गर्छन् ? कति समय मोबाइलमा बिताउँछन् ?
अभिनेत्री रेखा थापा मोबाइलमै समाचार पढ्छिन् । बिहान उठेपछि साँझसम्म देश–विदेशका सूचना मोबाइलबाटै लिन्छिन् । आफ्नो फोनलाई विभिन्न व्यक्तिहरूसँग कुराकानी गर्न तथा सामाजिक सञ्जाल चलाउन समेत प्रयोग गर्ने थापाले बताइन् । थापा अहिले आइफोन–ह् प्रयोग गरिरहेकी छिन् ।
अभिनेता अनुपविक्रम शाही आइफोन–ह् चलाउँछन् । उनी मोबाइललाई सम्बन्धित व्यक्तिहरूसँग कुराकानी गर्नका साथै इन्स्टाग्राम, इमेल तथा फेसबुक चलाउन प्रयोग गर्छन् ।
अभिनेता आर्यन अधिकारी विदेशमा जस्तो नेपालमा फोन प्रयोग नगर्ने बताउँछन् । विदेशमा हुँदा भने जे काम पनि फोनबाटै गर्ने अभिकारी भन्छन्– फोन, फेसबुक, इन्स्टा चलाउने र तस्बिर खिच्नेबाहेक खासै के काम हुन्छ र ? उनले आइफोन–ह् नेपालमा लन्च भएकै साता किनेका हुन् ।
अभिनेता प्रमोद अग्रहरीले लामो समयदेखि आइफोन एस–५ चलाउँदै आएका छन् । उनले फुर्सदमा सधैंजसो हातमा फोन हुने बताए । आफूले सामाजिक सञ्जालका साथै पुराना चलचित्र हेर्न स्र्माटफोन प्रयोग गर्ने अग्रहरी बताउँछन् ।
कलाकार अर्जुन घिमिरेले आफूले फोनको पर्याप्त सदुपयोग गर्ने बताए । उनले स्यामसुङ नोट–९ तथा आइफोन–ह् चलाउने गरेका छन् । एकभन्दा बढी फोन प्रयोग गर्ने सन्दर्भ अर्जुन भन्छन्– फरक–फरक सुविधा लिन सकिन्छ, एउटामा चार्ज भएन भने अर्को चलाउन मिल्छ ।
निर्देशक तथा कलाकार निर्मल शर्मा आफ्नो फोनको पर्याप्त सदुपयोग गर्छन् । आइफोन बोक्ने शर्माले बिहानै उठेपछि फेसबुकमा रहेका आफ्ना साथीहरू जसको जन्मदिन पर्छ उसलाई तस्बिरसहित शुभकामना दिन्छन् । निर्मल फेसबुकबाहेक इमेल, इन्टरनेट चलाउन र समाचार पढ्न पनि स्मार्टफोन नै प्रयोग गर्छन् ।