पुस ५, २०७५
फोब्र्स इन्डियाले २०१८ को सर्वाधिक धनी १ सय सेलिब्रेटीको सूची सार्वजनिक गरेको छ । उक्त सूचीमा अभिनेता सलमान खान टप लिस्टमा छन् भने दोस्रो स्थानमा विराट कोहली छन् । सलमान २ सय ५५ करोड २५ लाख कमाइ गर्दै पुन नम्वर वानमा आएका हुन् । अघिल्लो वर्ष उनले २ सय ३२ करोड ८३ लाख कमाइ गरेका थिए ।
सलमानले टाइगर जिन्दा है, रेस–३, टिभी रियालिटी शो विग बोस, दशका दमका साथै विभिन्न विज्ञापनबाट उक्त आम्दानी गरेको बताइएको छ । त्यस्तै १ सय ८५ करोड आम्दानी गर्दै अक्षय कुमार तेस्रो स्थानमा छन् ।
अक्षयले अघिल्लो वर्ष ९८ करोड २५ लाख कमाएका थिए । फोब्र्सको टप १० को चौथो नम्बरमा दीपिका पादुकोण छिन् भने आमिर खान छैटौं, अमिताभ वच्चन सातौं, रणवीर सिंह आठौं तथा अजय देवगण १० औं नम्बरमा छन् । किन हो टप १० को यो सूचीमा शाहरूख खान भने अटाएका छैनन् ।