साप्ताहिक संवाददाता
कुनै बेला राजेश हमाललाई नाच्न नजान्ने अभिनेता भनेर खुबै उडाइन्थ्यो । हमालले आफ्ना थुप्रै चलचित्रका लोकप्रिय गीतमा नृत्य नगरेका पनि होइनन्, यद्यपि उनका स्टेप हास्यास्पद हुने तर्क गरिन्थ्यो । अहिले पनि नेपाली चलचित्रका केही अभिनेतालाई नाच्न नजान्ने भनेर टिप्पणी गरिन्छ ।
दयाहाङ राई, सौगात मल्ल, गौरव पहारी आदिलाई नाच्न आउँदैन भनेर टिप्पणी गर्नेहरू पनि प्रशस्तै छन् । नाच्न नजान्ने भनिएका तीनै अभिनेताहरू यो साता छमछमी नाच्दै दर्शकमाझ आए । चैत १५ गते प्रदर्शनमा आउने चलचित्र ‘साइँली’ को ‘नाच माया...’ मा दयाहाङ र गौरवले मज्जाले कम्मर मर्काएका छन् ।
उनीहरूलाई मेनुका प्रधान र केनिपा सिंहले साथ दिएका छन् । विवाहको माहौल चित्रण गरिएको उक्त गीतमा चारै जना कलाकारले उत्कृष्ट नृत्य गरेको बताइन्छ । यद्यपि उनीहरूलाई त्यसरी नचाउन कोरियोग्रहरूफर विक्रम स्वाँरले कति पसिना बगाए, त्यसको हिसाब–किताब भने हुन बाँकी छ ।