साप्ताहिक संवाददाता
रेड चिल्लिज इन्टरटेनमेन्ट तथा कलर एलो प्रोडक्सनको ब्यानरमा निर्माण भएको चलचित्र जिरो आज शुक्रबारदेखि विश्वव्यापी प्रदर्शनमा आउँदैछ । गौरी खानको लगानी रहेको यो चलचित्र ट्ेरलर सार्वजनिक भएसँगै चर्चामा छ । जिरोको कथा बौआ अर्थात् शाहरूख खानको वरिपरि घुमेको छ ।
उत्तर प्रदेशको एउटा प्रमुख सहर मेरठका बौआ सम्पन्न परिवारमा जन्मिएका हुन् । उनलाई कुनै कुराको दु:ख छैन, जे भन्यो त्यही पुग्छ, तर दु:खको कुरा उनलाई उचाइमा भाग्यले नराम्रोसँग ठगेको छ । बौआ ३८ वर्षका भैसकेका छन् । तैपनि उनले आफ्ना लागि योग्य वधू फेला पार्न सकेका छैनन् । यद्यपि उनी हिम्मत हार्दैनन्, प्रयास गरिरहन्छन् । अन्तत: आफिया (अनुष्का शर्मा) प्रति उनको नजर जान्छ । आफिया नासाकी वैज्ञानिक हुन् ।
यात्राकै क्रममा बौआको भेट बबिता (कटरिना कैफ) सँग पनि हुन्छ । बबिता भने चलचित्र स्टार हुन । यी दुई महिलासँगको भेटपछि बौआको जीवनले अर्कै मोड लिन्छ । यो चलचित्र निकै उत्कृष्ट वनेको निर्देशक आनन्द एल राय बताउँछन् । चलचित्र जिरोमा सलमान खानको समेत विशेष भूमिका छ ।
निर्देशक : आनन्द एल राय
कलाकार : शाहरूख खान, अनुष्का शर्मा, क्याट्रिना कैफ आदि ।
संगीत : अजय–अतुल