साप्ताहिक संवाददाता
पुस ६, २०७५
आज शुक्रबार नै दक्षिण भारतको कन्नड भाषामा निर्माण भएको चलचित्र केजीएफ प्रदर्शनमा आउँदैछ । विजय किरागन्दुरले निर्माण गरेको यो चलचित्रलाई प्रशान्त नीलले लेखेका हुन् ।
भारतीय इतिहासको एउटा कालखण्डलाई चलचित्रमा रूपान्तरण गरिएको केजीएफ दुई भागमा तयार पारिएको छ । अहिले प्रदर्शन हुन लागेको चलचित्र त्यसको दोस्रो भाग हो ।
यसअघि यो चलचित्रको पहिलो भागका रूपमा किस्तरी निर्माण गरिएको थियो । यो चलचित्र मूल कन्नड भाषालगायत हिन्दी, तामिल, तेलुगु, मलयालम आदि अन्य भारतीय भाषामा समेत प्रदर्शन गरिँदैछ । चलचित्रको अंग्रेजी भर्सन हिजो बिहीबारदेखि अमेरिका र क्यानाडामा प्रदर्शन हुन थालेको बताइन्छ ।
निर्देशक : प्रशान्त निल
कलाकार : यश, श्रीनिधि सेट्ठी
संगीत : रवि, तनिष्क