साप्ताहिक संवाददाता
नेपाल तथा भारतका लोकप्रिय हेयर स्टाइलिस्ट नीलडेविड कटवाललाई अन्तर्रा्ष्टि्रय एवार्डद्वारा सम्मान गरिएको छ । भारतमा हालै आयोजिक एक विशेष समारोहमा डेविडलाई ‘एसिया प्राइड एवार्ड’ द्वारा सम्मान गरिएको हो । एन्टी करप्सन फाउन्डेसन इन्डियाले उनलाई उक्त विशेष अवार्डद्वारा सम्मान गरेको हो ।
एसिया स्तरमा भव्य रुपले आयोजना गरिएको उक्त सम्मान कार्यक्रम भारतको हरियाणास्थित करनाल भिभान रिसोर्ट्समा आइतबार सम्पन्न भएको हो । उक्त अवसरमा नेपालसहित अन्य देशहरुका महान् व्यक्तिहरु आफ्ना उत्कृष्ट कार्यका लागि एसिया प्राइड अवार्डले सम्मानित भएका हुन ।
नेपाली हेयर एक्सपर्ट कटवाल यतिबेला नेपालमा मात्र नभई भारतमा समेत सक्रिय छन् । उनले नयाँ दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका छन् ।
उक्त कार्यक्रममा भारतका प्रख्यात बलिउड अभिनेता अभिषेक बच्चन विशेष अतिथिको रुपमा सहभागी भएका थिए । कलाकार राजा मुरादको पनि सहभागिता थियो । झापाको लक्ष्मीपुरमा जन्मेका निल डेबिडले विभिन्न देशहरुबाट हेयर स्टाइलको प्रशिक्षण लिएका छन् ।
नेपालको विभिन्न ठाउाहरुमा आफो शाखा र फचाइजीहरुको स्थापनापछि नयाा दिल्लीको जिके टु एम ब्लकमा आफो सलुन स्थापना गर्दै भारतको राजधानीमा आफो पहिचान स्थापित गरिसकेका हेयर स्टाइलिस्ट कटवालले भारतकै शिवमाया कम्पनीसाग मास्टर फन्चाइजको सम्झौता समेत गरिसकेका छन् ।
त्यस्तै, इन्टरनेसनल कम्पनीले भारतको उत्तर प्रदेशले उत्तर प्रदेशको लागि मास्टर फेन्चाइस पनि सम्झैता गरिसकेको छ । कटवालको अन्तर्रा्ष्टि्रय रुपमा गरिएको कामको प्रशंसाका लागि उनलाई सम्मान गरिएको हो ।