साप्ताहिक संवाददाता
अभिनेता विपिन कार्की केही सातादेखि आराम गरिरहेका छन् । चलचित्र जात्रैजात्राको छायांकनमा जाने क्रममा विपरीत दिशाबाट आइरहेको मोटरसाइकलले उनलाई ठक्कर दिएको थियो । विपिन घाइते भएपछि अहिले चलचित्रको छायांकन रोकिएको छ । विपिन अभिनीत चलचित्र प्रसादले यतिबेला देशभरिबाट राम्रो प्रतिक्रिया प्राप्त गरिरहेको छ ।
पहिलो हप्ताभर दर्शकले नम्रता मात्र हलमा पुगेको र विपिन भेट्न नआएको गुनासो गरेपछि वि पिन घाइते अवस्थामै काठमाडौंका विभिन्न हलमा पुगेका थिए । उनी वैशाखीको सहारामा दर्शक भेट्न क्युज, विग मुभिज, गोपीकृष्ण आदि हलमा पुगेका हुन् ।
एक्कासि घाइते अवस्थामा विपिनलाई हलबाहिर देखेपछि दर्शकहरू छक्क परेका थिए । धेरैले यस्तो अवस्थामा पनि दर्शक भेट्न उपस्थित भएकोमा विपिनको प्रशंसा गरेका थिए । हलबाहिर भेटिएका विपिनले वैशाखी टेक्दै दर्शकसँग अंकमाल गरे भने उनीहरूसँग चलचत्रिका सम्बन्धमा प्रतिक्रियासमेत लिए ।