अभिनेत्री प्रियंका चोपडा केही साताअघि मात्र अमेरिकी नागरिक निकसँग विवाह बन्धनमा बाँधिइन् । भारतमा धुमधामका साथ विवाह गरेको यो जोडीले ओमन पुगेर हनिमुन मनाएको छ । यद्यपि निक जोन्सभन्दा अघि प्रियंका कुन कुन प्रेमीसँग रमाईन् त ?
प्रियंकाको जिवनमा सवैभन्दा पहिले आए असिम मर्चेण्ट । त्यतिवेला प्रियंका मोडलिङ मात्र गर्थिन् जब उनले मिस वल्र्डको उपाधि जितिन् त्यसपछि मर्चेन्टलाई छोडिन् । अग्लो कद र सुन्दरताका कारण प्रियंकाको चर्चा बढ्दै थियो, उनले सोही बेला प्रेमी मर्चेन्टसँगको सम्वन्धमा पूर्णविराम लगाइन् । मर्चेण्टले प्रियंका र आफ्नो सम्बन्धमा आधारित चलचित्र ६८ डेज घोषणा समेत गरे तर, चलचित्र निर्माण प्रक्रिया अघि बढेन ।
त्यसपछि आए अभिनेता अक्षय कुमार । उनीहरूले अन्दाज, मुझसे शादी करोगी, वक्त, रेस अगेंस्ट टाइम जस्ता चलचित्रमा सँगै काम गरे । अक्षयले त्यतिबेला विवाह गरिसकेका थिए । श्रीमती ट्विंकल खन्नाले जब आफ्नो श्रीमान् प्रियंकासँग नजिकिएको खवर पाइन् त्यसपछि अक्षयलाई प्रियंकासँग काम गर्न रोक लगाइन् । नजिक भैरहेको यो सम्बन्धमा अक्षयकी श्रीमतीले पूर्णविराम लगाइदिइन् ।
अक्षयपछि प्रियंकाको जिवनमा हरमन बावेजाको इन्ट्री भयो । चलचित्र निर्माता हैरी बावेजाका पुत्र हरमन बलिउडमा पाइला चाल्ने प्रयास गरिरहेका थिए । उनले चलचत्रिमा पाइला राखे करिना कपुर हिरो बनेर । उक्त चलचित्र फ्लप भयो । त्यसपछि प्रियंकासँग अर्को एक चलचित्रमा अभिनय गरे पनि त्यो चलचित्रको नतिजा समेत उस्तै देखियो । आखिर नजिक भएका हरमन र प्रियंका अलग भए ।
शाहिद कपुरको नाम त्यतिबेला निकै चर्चामा थियो । प्रियंकाको घरमा ट्याक्स अधिकारीले छापा मारेका बेला शाहिद कपुरले घरको ढोका खोलेका थिए । उनीहरूको सम्बन्ध केही समय टिके पनि प्रियंका शाहिदसँग पनि रमाउन सकिनन् । शाहिदले केही वर्षअघि धुमधामका साथ विवाह गरे ।
बलिउडका किङ खान शाहरूख आफ्नी पत्नी गौरीलाई निकै माया गर्छन् । उनको नाम कहिल्यै कुनै पनि अभिनेत्रीसँग जोडिएन । धेरैलाई थाहा छैन, यसअघि शाहरूख प्रियंकासँगको प्रेममा थिए । केही चलचित्रमा सँगै काम गरिसकेका उनीहरू पनि विभिन्न कारण देखाउँदै अलग भए ।
प्रियंकाको करिअरमा जोडिन आए अर्का व्यक्ती टोम हिडलस्टोन । एक पार्टीमा भेट भएपछि नम्वर आदान–प्रदान गरेका प्रियंका र टोम त्यसपछि विस्तारै नजिकिए । उनीहरू हात समातेर सँगै घुम्थे । सेल्फी खिच्थे, जिस्कन्थे । यी सबै कुरा उनीहरूका निकटस्थहरूलाई राम्रैसँग थाहा थियो । अन्तत: यो जोडि पनि छुट्टियो ।
प्रियंकाको जीवनमा जति प्रेमी आए अधिकांश केही समय रोमान्स गरेर फर्किए तर अमेरिकन नागरिक तथा गायक निक जोन्स भने विवाह वन्धनमा बाँधिए । केही समय गुपचुप डेटमा रमाएपनि उनीहरू चाँडै विवाह बन्धनमा बाँधिए । मिडियामा उनीहरूको सम्बन्ध ५–७ महिना भन्दा बढी गसिप बन्न पाएन ।