पुस १०, २०७५
गर्भावस्थामा महिलाहरूलाई आराम चाहिन्छ भन्ने कुरा चिकित्सा विज्ञानले सधैं भन्दै आएको छ, तर हालै सटपुटमा विश्वविजेता रहिसकेकी न्यूजिल्यान्डकी खेलाडी भालेरी एडमले २२ साताको गर्भावस्थामा गरेको अभ्यासको एउटा भिडियोले भने धेरैलाई चकित तुल्याएको छ ।
आगामी अप्रिलमा दोस्रो सन्तान जन्माउने तयारीमा रहेकी एडम सटपुटकी ४ पटककी विश्वविजेता हुनुका साथै बेइजिङ र लन्डन ओलम्पिककी स्वर्ण पदकसमेत हुन् । एडमले आफू २२ साताको गर्भवती भए पनि ट्रेनरका साथमा बेन्च प्रेसिङ तथा डेड लिफ्ट गरेकी थिइन् ।
इन्स्टाग्राममा सेयर गरिएको भिडियोमा एडमले गर्भस्थ शिशुको भाकामा ‘माम्मा मलाई २२ हप्तामै हाकिमले ग्राइन्डिङमा पिसेको जस्तो नगर्नुस्’ भनेकी छिन् । उनको उक्त भिडियोमा हजारौंले कमेन्ट गरेका छन् भने आमा भैसकेका महिलाहरू छक्क परेका छन् ।