साप्ताहिक संवाददाता
जाडो मौसममा तात्नै गाह्रो हुन्छ । त्यही झ्याउ लाग्छ ।
खुमन अधिकारी, गायक
धेरै कपडा लगाउन र बाक्ला लुगा धुन एकदमै झ्याउ हुन्छ । -हेना नगरकोटी, रंगकर्मी
बिहान–बिहानै उठेर कलेज जान निकै झ्याउ हुन्छ ।
पूजन घिमिरे, मोडल
धेरै कपडा लगाउनुपर्ने भएकाले झ्याउ लाग्छ ।
पूजा शर्मा, अभिनेत्री
जाडोयाममा नुहाउन निकै झ्याउ लाग्छ ।
कुलेन्द्र विश्वकर्मा, गायक
जाडोमा बिहान बिहानै उठेर मर्निङवाक जान झ्याउ लाग्छ ।
राजेश धाख्वा, फेसन डिजाइनर
ढाटेरभन्दा सिरक छाड्न अनि नढाटीभन्दा नुहाउन झ्याउ हुन्छ ।
हेमन्त शर्मा, गायक
जाडो मौसममा बिहान उठ्न र कपडा धुन असाध्यै झ्याउ लाग्छ ।
पृथ्वीराज प्रसाईँ, अभिनेता
कपडा धेरै लगाउँदा शरीर नै अटसमटस हुने भएकाले झ्याउ हुन्छ ।
दीपाश्री निरौला, अभिनेत्री
बिहान चाँडै उठ्न झ्याउ लाग्छ ।
बबिना भट्टराई खतिवडा, गायिका
जाडो मौसममा मलाई झ्याउ लाग्ने भनेकै बिहान उठ्न हो ।
रोहित मल्ल, मोटिभेटर
जाडोमा मलाई सबै कुरा झ्याउ लाग्छ । खानेदेखि लिएर लगाउने कुरा सम्म नै । विशेष गरी बिहान चाँडै उठ्न निकै झ्याउ लाग्छ, धेरै अल्छी भइन्छ । यो मौसम धेरै नै खर्चिलो पनि छ खानेदेखि कपडासम्म सबै कुरा महँगो हुन्छ । जाडोका फेसनेवल कपडा अझ महँगा हुन्छन् । बाहिर कतै निस्कँदा तयार हुन पनि समय लाग्छ । अर्को कुरा जाडो मौसममा स्कुटर पनि समयमा स्टार्ट नहुँदा त हैरानै भइन्छ ।
सुप्रिया कटुवाल, मोडल
मलाई जाडोमा सबैभन्दा झ्याउ लाग्ने कुरा भनेको टन्न बाक्ला कपडा लगाउँदा हो । किनभने धेरै कपडा लगाउँदा मोटो देखिन्छ ।
रजनी केसी, अभिनेत्री
मलाई त जाडो मौसम नै मन पर्दैन ।
सरिता लामिछाने, अभिनेत्री
चिसो भएर झ्याउ लाग्छ भन्या । बाक्लो ज्याकेट लगाउनुपर्ने अनि आफू त उसै त मोटो मान्छे त्यसपछि अझ मोटो देखिन्छ ।
शिवहरि पौडेल, अभिनेता
जाडो मौसममा धेरै कपडा लगाएर हिड्नुपर्दा निकै झ्याउ लाग्छ ।
सुनिता दुलाल, गायिका
मलाई चिसोले एकदमै असर गर्छ त्यसैले होला जाडोमा अरू बेला जस्तो शरीर फूर्तिलो हुँदैन । बाहिर कतै कार्यक्रममा जाँदा थप समस्या हुन्छ । कहिलेकहीँ त जति बाक्ला लुगा लगाए पनि चिसो नै भैरहन्छ अनि ताता खानेकुराहरू मात्र खानुपर्ने– निकै झ्याउ ।
कृष्ण काफ्ले, गायक
मलाई जाडोमा बिहान चाँडो उठ्न निकै झ्याउ लाग्छ ।
अनिता चलाउने, गायिका
जाडो मौसममा छिनछिनमा सु–लाग्छ, ट्वाइलेटसम्म पुग्न पनि लास्टै झ्याउ हुन्छ ।
सुशीला गौतम, गायिका
जाडोमा सबैभन्दा झ्याउ लाग्ने कुरा धेरै छन् बिहान छिटो उठ्न, घरबाट बाहिर निस्कन, घाम छोड्न अनि लुगा फेर्न निकै झ्याउ लाग्छ ।
सोभिता सिम्खडा, मोडल तथा लेखक
सिरकबाट बाहिर निस्कनै झ्याउ हुन्छ ।
स्वरुपराज आचार्य, गायक
मलाई जाडो नै फिटिक्कै मनपर्दैन ।
निरुता सिंह, अभिनेत्री
बिहान उठ्न र काममा जान निकै झ्याउ लाग्छ ।
नानी थापा, रंगकर्मी
मलाई जाडो नै मनपर्दैन । म जाडोसँग रमाउने मान्छे नै होइन । त्यसैले मलाई जाडोमा झ्याउ लाग्ने कुरा धेरै छन् । पहिलो कुरा त जाडोमा धेरै कपडा लगाउन नै झ्याउ लाग्छ । जताततै कपडाले ढाक्नुपर्ने हुँदा असाध्यै झ्याउ हुन्छ ।
ऋचा शर्मा, अभिनेत्री
जाडोमा झ्याउ लाग्ने भनेकै जाडो नै हो ।
राजेन्द्र थापा, गीतकार