साप्ताहिक संवाददाता
पुस ११, २०७५
कार रेसिङ गेम फर्मुला वानको व्यवस्थापनले महिलाहरूका लागि समेत च्याम्पियनसिप सञ्चालन गर्ने तयारी गरिरहेको छ । यसै सन्दर्भमा जर्मन टिमले फर्मुला वानका लागि एक महिलालाई सहभागी गराउने भएको छ, जो वयस्क म्यागजिन प्लेब्वाईकी प्रसिद्ध मोडल हुन् ।
डोरेन सेडल नामक ती महिला खेलाडीले अर्को वर्ष युरोपमा हुने ६ खेलमा भाग लिनेछिन् । उनले प्लेब्वाईका लागि गरेको मोडलिङमा विभिन्न लक्जरी कार समेत प्रयोग गरिएका थिए । कारमा गरिएको फोटोसुटका कारण डोरेनमा कार रेसप्रति लगाव बढेको बताइन्छ ।
डोरेनले सन् २००८ मा प्लेब्वाई म्यागजिनमा डेब्यु गरेकी थिइन् भने सन् २०११ मा उनी पहिलो पटक कार रेसमा सहभागी भएकी थिइन् ।