साप्ताहिक संवाददाता
चलचित्र सुश्री सम्पत्तिकी अभिनेत्री हुन्— सारा शिर्पाली । साराका बारेमा अहिले निकै चर्चा हुन थालेको छ । सुश्री सम्पत्ति हलमा लाग्नुअघि सबैले चलचित्रको सफलताको कामना गरे ।
त्यही क्रममा अभिनेता दीपकराज गिरीले पनि चलचित्रको सफलताको शुभकामना व्यक्त गर्दै फेसबुकमा स्टाटस लेखे— चलचित्र सुश्री सम्पत्तिलाई शुभकामना छ.. सुव्रतजी, तोयना मामा, सलोन भतिज सबैलाई शुभकामना । उनको यो स्टाटसमा चलचित्रकी अभिनेत्रीको नाम किन छुटाएको भनेर विभिन्न खालका प्रतिक्रिया आएका छन् । कतिपयले भने सारालाई दीपकराजले हेपेको संज्ञासमेत दिएका छन् ।
यद्यपि दीपकराजले भने आफूले सारा भतिजीलाई सबैमा राखेर सम्बोधन प्रतिक्रिया दिएका छन् । कतिपयले भने सारा भर्खरै चलचित्रमा आएको भनेर हेप्दै उनको नाम छुटाएको आरोप दीपकराजमाथि लगाएका छन् । दीपकराजले साराको नाम हेपेरै छुटाएका त होइनन् होला नि ?