साप्ताहिक संवाददाता
पुस १२, २०७५
ब्राजिलमा समलिंगी विवाहप्रति सरकारको कडा नीति थियो, तर पछिल्लो निर्वाचनले उदारवादी विचारधाराका जाइर बोल्सोनारोलाई राष्ट्रपतिमा चयन गरेपछि समलिंगीहरू पनि खुला हुन थालेका छन् ।
उदारवादी राष्ट्रपति पाएपछि हालै ब्राजिलको साओपाउलोमा ४० जोडी समलिंगीले आधिकारिक रूपमा विवाह सम्पन्न गरे ।
उदारवादी राष्ट्रपति आउनुअघि सरकारले समलिंगी विवाहप्रति कस्तो किसिमको नीति लिने हो भन्ने विषयमा दोधारमा रहेका कारण सयौं जोडी समलिंगी आफ्नो विवाहलाई लिएर अन्योलमा थिए ।
अब ४० जोडीले विवाह सम्पन्न गरेपछि भने अरू समलिंगीका लागि पनि विवाहको ढोका खुला भएको छ ।