साप्ताहिक संवाददाता
च
लचित्र बुलबुलको टिजरमा अभिनेत्री स्वस्तिमा खड्कासँगको संवादमा देखिएका नवअभिनेता मुकुन भुषालको अभिनय स्वाभाविक र दमदार देखिएको छ । टिजर मार्फत चोपेन्द्र नामक पात्रको भूमिकामा प्रस्तुत अभिनेता मुकुन भुषाल र उनले बोलेको संवादको चर्चा सामाजिक संजालहरूमा समेत हुन थालेको छ ।
चलचित्र उद्योगमा आएका यी नवअभिनेता को हुन त भन्ने जिज्ञासा पनि उत्तिकै छ । मुकुन भुषाल चलचित्रका लागि बिलकुल नयाँ अनुहार हुन् । उनी यसै वर्ष भारतको शोभित विश्वविद्यालयअन्तर्गतको मार्वा स्टुडियो, नोयडाबाट अभिनयमा स्नातकोत्तर गरेर फर्किएका हुन् । मुकुनले नेपालकै ओस्कार कलेजबाट फिल्ममै स्नातकसम्म अध्ययन गरेका थिए ।
उनले अध्ययनका क्रममा दर्जनौं छोटा चलचित्रमा अभिनय गरे पनि बुलबुल नै उनको ठूलो पर्दाको पहिलो चलचित्र हो । बुलबुलको गीत र टिजरमा उनले देखाएको अभिनयले एउटा आशालाग्दो कलाकारको प्रवेश भएको हो कि भन्ने छनक दिएको छ । उनको पूरा काम हेर्न भने बुलबुलको प्रदर्शन मिति फागुन ३ गतेसम्म कुर्नुपर्नेछ ।