साप्ताहिक संवाददाता
पुस १२, २०७५
बत्तीसपुतलीस्थित शिल्पी थिएटरमा नाटक बाथ–टब मञ्चन हुने भएको छ । साहित्यकार कुमार नगरकोटीको लेखनमा घिमिरे युवराजद्वारा निर्देशित यो नाटक पुस २० गतेदेखि मञ्चन हुने बताइएको छ ।
नाटक बाथ–टबमा वरिष्ठ कलाकार नीर शाहसँगै हरिहर शर्मा तथा भूषिता वशिष्ठले अभिनय गरेका छन् । यो नाटकको पृष्ठभूमिमा टीका पहारी, ब्रजेश, कवि मोमिला तथा कुमार नगरकोटी रहनेछन् । नाटक एक महिनासम्म चल्नेछ ।