साप्ताहिक संवाददाता
सालको पात टपरी हुनी बोलको लोकदोहोरी गीतले छोटो अवधिमै युट्युबमा डेढ करोड भ्युज र बसन्त थापा युट्युब च्यानल भेरिफाइड भएको उपलक्ष्यमा निर्माण पक्षले केक काटेर सेलिब्रेसन गरेको छ । बुधबार राजधानीमा आयोजिक एक कार्यक्रमकाबीच निर्माण पक्षले खुशियाली मनाएको हो ।
अभ्यास डिजिटलकी प्रबन्ध राधा मल्ल थापाको अध्यक्षतामा भएको कार्यक्रममा गायक तथा संगीतकार नारायण रायमाझी, गीतकार ककृष्णसुधा ढुंगाना, हास्य अभिनेता केदार घिमिरे, गायिका शर्मिला गुरुङ, राधिका हमाल, मोडल एवं निर्देशक शंकर बिसी, एकनारायण भण्डारी, गायक रामजी खाँड लगायतका कलाकारहरुको उपस्थिती रहेको थियो ।
सेलिब्रेसन कार्यक्रमको अवसरमा निर्माण पक्षले गीतमा प्रत्यक्ष तथा अप्रत्यक्ष रुपमा संलग्न रहेका सम्पूर्ण टिमलाई नगद उपहारसमेत प्रदान गरेको थियो । कार्यक्रममा गीतकार नवराज पन्तलाई गीतका गायक कुलेन्द्र विश्वकर्मा र संगीतकार बसन्त थापाले ५० हजारको चेक हस्तान्तरण गरेका थिए । साथै गीतका गायक कुलेन्द्र र बसन्तलाई जनही ५०/५० हजार उपहार दिइएको थियो । यसैगरी गीतका निर्देशक शिव वि:क र मोडल मरिस्का पोखरेललाई जनही १० हजार प्रदान गरिएको थियो । यस्तै गीतका छायाँकार ज्ञानेन्द्र शर्मा र युट्युबको सम्पूर्ण पक्ष हेर्ने प्राविधिक राजेन्द्र अर्याललाई पनि जनही १० हजार दिइएको थियो । त्यस्तै राष्ट्रिय लोक तथा दोहोरी गीत प्रतिष्ठान नेपाललाई भवन निर्माणका लागि ५० हजार सहयोग गरिएको थियो भने महिला तथा बाल विकास मञ्च नेपाल किर्तिपुरलाई १५ हजार रुपैयाँ हस्तान्तरण गरिएको थियो ।
कार्यक्रममा उपस्थित अतिथिहरुले गीतले पाएको सफलताको प्रशंसा गर्दैशुभकामना दिएका थिए । यस्तै कार्यक्रममा बोल्दै गीतका गायक कुलेन्द्र विश्वकर्माले सबैको साथ भएकाले गीतले यो स्थान पाएको बताए । उनले भने– यो गीतको सफलतासँगै गीतसंगीतमा लाग्न थप उर्जा मिलेको छ । यस्तै कार्यक्रममा बोल्दै गीतका संगीतकार बसन्त थापाले पछिल्लो समय लोक दोहोरी गीतप्रति हेर्ने मानिसहरुको नजरमा परिवर्तन आएको बताए ।
गीतको भिडियो :