साप्ताहिक संवाददाता
शान्तिनगरस्थित बेबीलोन नेशनल स्कूलमा शनिवार (पुस १४ गते) नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रम आयोजना हुने भएको छ ।
‘जीवनको सार स्वस्थताको बहार’ भन्ने नाराका साथ आयोजना हुने ‘नि:शुल्क स्वास्थ्य परिक्षण तथा परामर्श’ कार्यक्रम विद्यालयकै प्रांगणमा शनिवार बिहान ९ बजेदेखि प्रारम्भ हुनेछ ।
स्वास्थ्य शिविरमा ३० जना वरिष्ठ स्वास्थ्यकर्मीहरुको समुहले करिव चार घण्टासम्म विभिन्न रोगको उपचार गर्ने तथा उपचारमा सहभागि बिरामीहरुलाई नि:शुल्क औषधी वितरण गर्ने विद्यालयले जनाएको छ ।
विद्यालयमा अध्ययरनरत बालबालिका, उनीहरुका अभिभावक, शान्तिनगरमा बसोबास गर्ने स्थानीय वासिन्दासहित वरपरका स्थानियहरुको समेत सहभागिता रहने अपेक्षा गरिएको स्वास्थ्य परिक्षण कार्यक्रमलाई बेबीलोन नेशनल स्कूल, शान्तिनगर तथा पद्मावती वचत तथा ऋण सहकारी संस्था, नबहानल ललितपुरले संयुक्त रुपमा आयोजना गर्न लागेको हो ।
नि:शुल्क स्वास्थ्य परिक्षण कार्यक्रममा जनरल मेडिसिन, दन्त रोग, नाक–कान–घाँटी, छाला रोग तथा आँखा रोग सम्बन्धि परिक्षण गरिने विद्यालयले जनाएको छ ।
स्वास्थ्य परिक्षणका लागि पुस ८ गतेदेखि शुक्रवारसम्म नाम दर्ता गर्ने सुविधा समेत उपलब्ध गराइएको छ । जसअनुसार हालसम्म झण्डै डेढ सय जनाले नाम लेखाइसकेको विद्यालयले जनाएको छ ।
स्वास्थ परिक्षण कार्यक्रम बिहान ९ बजेदेखि प्रारम्भ भएर १ बजेसम्म जारी रहने छ ।
एकता वचत तथा ऋण सहकारी संस्था, शान्तिनगर, मानव कल्याण बचत तथा ऋण सहकारी संस्था, शान्तिनगर, श्रेष्ठ गुठी शान्तिनगर तथा सिद्देश्वर वाचनालय तथा सेवा केन्द्र, शान्तिनगर उक्त स्वास्थ्य परिक्षण कार्यक्रममा सह आयोजकको रुपमा रहेका छन् ।