साप्ताहिक संवाददाता
उखान टुक्का मिलाएको मात्र हो ।
सुजन केसी
मंसिर र माघ बिहेका महिना भएर सजधज, सफासुग्घर भएर हिँड्छन् तर पुस काम न काजको चिसो महिना, मुख पनि नधोई फासफुसमै बिताइने भएर ।
सुरेश बढाल
पुस महिनामा हिउँ पर्छ, हिउँ पर्दा फुसफुस गरी झर्ने भएकाले ।
निशब्द राजा
मंसिरका जोडीहरू दिक्क भएर मंसिर जस्तो पुसमा आनन्द महसुस गर्दैनन् त्यसैले ।
अन्जान
मान्छे चौध घण्टा सुत्छ अनि उज्यालोमा जम्मा ९/१० घण्टामात्र बित्ने हुँदा फासफुस ।
कविता चिन्तन यात्रा
मंसिरमा बिहेको लगन नजुरेकाहरूलाई माघमा जुराउन प्रोत्साहन दिँदै पुस त फासफुस गैहाल्छ त्यसैले ।
फिरन्ते
अल्छी भएर ।
पूनम पोख्रेल
बिहान ८ बजे उठ्यो । बेलुका ६ बजे सुत्यो । जम्मा १० घण्टा । महिनामा ३०० घण्टा हल्लिएर ४ सय २० घण्टा सुतेर बिताउनुलाई फासफुस नभनेर के भन्ने त ?
ओजस्वी
झास झुस बाली आगो तापेर चिसोलाई फासफुस पारिने भएकाले ।
अजस्र
मिलिक्क आउने पिलिक्क जाने भएर ।
विनोद दुवाडी
दिन छोटा र रात लामा हुने भएकाले ।
सुदीप श्रेष्ठ
पुसमा हुस्से फासफुस फासफुस लाग्न थाल्या हुन्छ । त्यसैले पुस–फासफुस भनिएको होला ।
प्रज्वल गौतम
घामको अनुहार न देखि जाने छोटो दिन, कुनै विशेष काम गर्नै नभ्याइने, पुस अनि फुस मिलाएर बनाइएको थेगो हुनुपर्छ ।
दिपु
पुस फासफुस बूढाबूढीहरूले भन्न थालेको हुनुपर्छ, किनभने अन्य दिनहरू लामा र पट्यार लाग्दा हुन्छन पुसका दिन छोटा हुन्छन् र रात निन्द्रामै बित्छ । यसरी दिन बितेको पत्तै नहुने भएकाले यसो भनिएको हुनुपर्छ ।
गाउँले
पुस महिनालाई रित्तो महिनाका रूपमा लिइन्छ । यो महिना कुनै पवित्र वा धार्मिक कार्य पनि नहुने भएकाले पुसलाई फासफुस भनिएको हो ।
भूपेन्द्र शाहा ठकुरी
वास्तवमा पुस फासफुस नै हो । एक त छोटो दिन त्यसमाथि चिसोका कारण तातोको जोरजाम गर्दैमा माघ महिनाले हस्तछेप गरिहाल्छ ।
एसपी दिक्पाल
मंसिरमा बिहे गर्यो, हनिमुन चलिरहेको हुने, कतिबेला उज्यालो हुन्छ पत्तै नहुने, बाले बोलाउँदा १० बजेको हुने, भात खायो, यसो घाम ताप्यो, कृषिको काम नहुने, जाडो बढी हुने, फेरि सिरकभित्रै पस्न मन लागिहाल्ने त्यसैले पुस फासफुस ।
गुल्मेली घिमिरे
छोटो महिना, चिसो महिना, भर्खरै (मंसिरमा) अनाज भित्र्याइएकाले किसानको ढिकुटी भरिभराउ हुन्छ पेटभर खाएर सुत्दा सुत्दै भुसुक्कै महिना गैहाल्छ, त्यसैले ।
गणेश पौडेल
जाडोले गर्दा आगो फुकीफुकी ताप्नुपर्ने हुनाले पुस महिनालाई फासफुस भनिएको हो ।
शिव खतिवडा
घाम ताप्ने धित नमर्दै दिन बित्न्ने र महिना सकिने अनि दिन छोटा अनि रात लामा हुने र अबेर बिहानसम्म बिस्तरा छोड्न नसकिने भएकाले ।
अर्जुन आचार्य
अबेर मात्र सूर्योदय हुने र चाँडै सूर्यास्त हुने भएकाले केही काम गर्न भ्याइँदैन । यसरी फासफुस गरेर समय ब्यतित हुनेभएकाले यो महिनालाई फासफुस भनिएको हो ।
खलासी