साप्ताहिक संवाददाता
सन् २०१८ मा विश्वमा धेरै घटनाले चर्चा पाए । तीमध्ये केही घटनाले संसार नै हल्लाए भने तीमध्ये केही घटनाले विश्वमा त्राससमेत उत्पन्न गराए । केही घटनाले चाहिँ विश्व परिवेश एवं राजनीतिमा परिर्वतन ल्याउने संकेत गरे ।
संकटमा फेसबुक
अमेरिकी राष्ट्रपति चुनावताका ट्रम्पको सहयोगका लागि निर्मित ‘क्याम्ब्रिज एनालिटिका’ नामक डाटा फर्मले फेसबुक प्रयोगकर्ताको प्रोफाइल अवैधानिक रूपमा प्रयोग गरी चुनावमा हस्तक्षेप गरेको अरोप लागेपछि फेसबुकले ठूलो कानुनी संकट सामना गर्नुप¥यो । यो विषयमा आधिकारिक धारणा दिन संस्थापक मार्क जुकरबर्ग स्वयं अमेरिकी संसद्मा उपस्थित हुनुपरेको थियो । अमेरिकामा मात्र नभएर अहिले विश्वभर फेसबुक सुरक्षित नभएको भन्दै आलोचना भैरहेको छ ।
ट्रम्प–किम वार्ता
कट्टर शत्रु भनिएका अमेरिका तथा उत्तर कोरियाका राष्ट्रप्रमुखको भेटवार्ताले यो वर्ष संसारलाई चकित मात्र तुल्याएन, अन्तर्राष्ट्रिय राजनीतिलाई नै १ सय ८० डिग्रीमा घुमाएको विश्लेषण गरिएको छ । १२ जुन २०१८ मा सिंगापुरमा भएको ५० मिनेट लामो उक्त ऐतिहासिक भेटवार्तालाई राजनैतिक विश्लेषकहरूले तेस्रो विश्वयुद्ध रोकिएर विश्व शान्तिको बाटोमा अग्रसर भएको विश्लेषण गरेका छन् ।
सेनामा समलैंगिक
अमेरिकाका पूर्व राष्ट्रपति बाराक ओबामाले आठ वर्षअघि समलैंगिक अधिकारलाई मन्जुरी दिएका थिए । उनको कार्यकालमा कानुनी प्रक्रिया पूरा नभएको यो विषयले २२ डिसेम्बर २०१८ का दिन कानुनी मान्यता पाएको छ । यो कानुनी अड्चन अन्त्य भएसँगै अब अमेरिकी सेनामा समलैंगिकहरूले समेत प्रवेश पाउनेछन् ।
इरानमा अमेरिकी प्रतिबन्ध
अमेरिकाले नोभेम्बर, २०१८ मा इरानमाथि अर्थिक प्रतिबन्ध लगाएपछि दुई देशबीचको लामो समयदेखिको अविश्वासको खाडल अझ बढेको छ । २०१५ मा सुरक्षा परिषद्का सदस्य राष्ट्रसहित इरान सम्मिलित बैठकले परमाणु सम्झौता गरेको थियो । ८ मे २०१८ मा अमेरिकाले उक्त सम्झौताबाट अलग भएको घोषणा गरेको थियो ।
फ्रान्समा आन्दोलन
इन्धनमाथि लाग्दै आएको कर बढेपछि फ्रान्समा आन्दोलन चर्किएको थियो । आन्दोलनले उग्र रूप लिएको भन्दै राष्ट्रपति इम्यानुएल म्याक्रोन त्यहाँ संकटकाल लागू गर्नेसम्म स्थितिमा पुगेका थिए । फ्रान्स सरकारले इन्धनमाथिको करवृद्धि फिर्ता लिएसँगै उक्त आन्दोलन मत्थर भएको थियो ।
अमेरिकी सेना फिर्ता
ट्रम्प प्रशासनले अफगानिस्तानमा तैनाथ सेना फिर्ता गर्ने निर्णय ग¥यो । ११ सेप्टेम्बर २००१ मा अमेरिकामा भएको ट्विन टावर आक्रमणपछि अफगानस्तानमा सेना परिचालन गरिएको थियो । त्यसैगरी सिरिया र वरपरका क्षेत्रमा सक्रिय इस्लामिक स्टेट समूह (आईएस) पराजित भएको भन्दै त्यहा“ खटाइएका अमेरिकी फौज पनि फिर्ता हुने भएका छन्, तर यो विषयमा बेलायत, फ्रान्सजस्ता अमेरिकाका सामरिक साझेदारहरू असहमत छन् । ट्रम्पको यही घोषणाका कारण अमेरिकी रक्षामन्त्रीले राजीनामा समेत दिएका छन् ।
अमेरिका चीन व्यापार युद्ध
विश्वका दुई ठूला अर्थतन्त्रले एक–अर्काको देशबाट आयात गरिने सामानमा भन्सार शुल्क बढाएपछि त्यसले विश्व अर्थतन्त्रलाई नै असर पु¥याउने अनुमान गरिएको थियो । अमेरिकाले चिनबाट आयात हुने स्टिल तथा आल्मुनियममा आयात शुल्क बढाएको थियो । त्यसको जवाफमा चीन सरकारले अमेरिकाबाट आयात गरिने १ सय २८ वटा वस्तु एवं सामानमा २५ प्रतिशतसम्म भन्सार शुल्क बढाउने निर्णय गरेको थियो ।
संसद्विरुद्ध अमेरिकी सरकार
अमेरिकी संसद्मा सरकारी खर्चसम्बन्धी विधयेक पारित नभएपछि संघीय निकायहरू खर्चविहीन भएका छन् । राष्ट्रपति डोनाल्ड ट्रम्पले मेक्सिकोको सिमानामा पर्खाल लगाउने आफ्नो योजनामा डेमोक्र्याटिक पार्टीले समर्थन नगरे लामो समयसम्म सरकार बन्द हुने चेतावनी दिएपछि यस्तो अवस्था सिर्जना भएको हो । ट्रम्पको प्रस्ताव अमेरिकी प्रतिनिधिसभाबाट पारित भैसकेको छ, तर विपक्षी दलले कडा आलोचना गरेका कारण माथिल्लो सदनबाट पारित हुने सम्भावना कम छ ।
श्रीलंकामा राजनैतिक संकट
श्रीलंकाली राष्ट्रपति मैत्रीपाला सिरिसेनाले प्रधानमन्त्री रनिल विक्रमासिंगेलाई बर्खास्त गरी पूर्व राष्ट्रपति महिन्द्रा राजपक्षेलाई प्रधानमन्त्री नियुक्ति गरेपछि त्यहाँ राजनैतिक संकट चुलिएको थियो । संसद्समेत विगठन गरेका राष्ट्रपतिले राष्ट्रिय÷अन्तर्राष्ट्रिय दबाब खेप्न नसकेपछि वर्षको अन्त्यमा संसद् पुनस्र्थापना गरे । श्रीलंकाली संसद्को २ सय २५ सिटमध्ये विक्रमासिंगेको पक्षमा ९९ सांसद थिए भने थप २२ ले पनि उनलाई समर्थन गर्ने बताएका थिए ।