साप्ताहिक संवाददाता
पुस १५, २०७५
यस वर्षको पहिचान पुरस्कार सरस्वती प्रतीक्षाकृत नथिया र उन्मुक्त पुस्ताको आफरलाई प्रदान गरिने भएको छ ।
पहिचान पुरस्कार कोषले छनोट सूचीमा परेका पाँच पुस्तकमध्येबाट दुई पुस्तकलाई पुरस्कृत गर्ने निर्णय गरेको जनाएको छ । पुरस्कारको राशि दुई लाख रुपैयाँ रहेको छ ।
यस वर्ष पहिचान पुरस्कारका लागि उन्मुक्त पुस्ताको ‘आफर’, सरस्वती प्रतिक्षाको ‘नथिया’, नविन जिरेलको ‘भिषण दिनहरु’, बसन्त बस्नेतको ‘७२ को बिस्मय’ र गणेश राईको ‘फोकल्याण्ड जर्नल’ छानिएका थिए आफर दलितलाई केन्द्र भागमा राखेर लेखिएको कविता संग्रह हो भने नथिया बादी समुदायमा आधारित छ ।