साप्ताहिक संवाददाता
पुस १५, २०७५
गायन तथा अभिनयमा सक्रिय सिर्जु अधिकारीको नयाँ गीत सार्वजनिक भएको छ । पछिल्लो समय देशका विभिन्न स्थानमा हुने मेला महोत्सवमा व्यस्त सिर्जुको बेण्ड बाजा बोलको गीतिको म्यूजिक भिडियो सार्वजनिक भएको हो ।
सार्वजनिक गीत गाउँनुका साथै सिर्जु आफैले अभिनय गरेकी छिन् । सार्वजनिक गीतमा सिर्जु स्वयमको शब्द संगीत रहेको छ । गीतमा केशव बाबुको संगीत संयोजन रहेको छ ।
शिव बिकको निर्देशन तथा कोरियोग्राफी रहेको म्यूजिक भिडियोमा सिर्जुका साथमा अभिनयमा रविन्द्र प्रताप शेन देखिएका छन् ।
बेण्ड बाजाको म्यूजिक भिडियो :