साप्ताहिक संवाददाता
बलामी फिल्म इन्टरटेन्टमेन्टले आयोजना गर्ने संगीत महोत्सवअन्तर्गत नेपालगन्जमा पुस १६ गते न्यु इयर ईभ सहितको म्युजिक फेस्टिभल सञ्चालन हुने भएको छ । उक्त अवसरमा आधा दर्जनभन्दा बढी कलाकारले प्रस्तुति दिने बताइएको छ ।
अंग्रेजी नयाँ वर्षको छेको पारेर आयोजना गर्न लागिएको उक्त संगीत महोत्सवमा गायक राजेशपायल राई, कमल खत्रीका साथै नेपाल आईडल सिजन–१ का सुरज थापा र सुजाता पाण्डेसमेतले प्रस्तुति दिनेछन् भने कलाकार सन्दीप क्षेत्रीले स्ट्यान्डअप कमेडी प्रस्तुत गर्नेछन् ।
स्थानीय आयोजक शारदा इभेन्टसका रोनिश गौतमका अनुसार यो कार्यक्रम १५ वर्षदेखि ६० वर्षसम्मका दर्शकमा लक्षित छ ।
नेपालगन्ज र कोहलपुरको पर्यटन प्रवद्र्धनका लागि पनि यो कार्यक्रम महत्वपूर्ण हुने दावी गर्दैै जनवरी १ मा मनाइने नेपाली ढाका टोपी दिवसलाई समेत यो कार्यक्रममार्फत् प्रबद्र्धन गरिने आयोजकहरूले बताएका छन् ।