साप्ताहिक संवाददाता
खेल र विवाद सम्भवतः कहिल्यै अलग हुन सक्दैनन् । यी दुवै जहिले पनि समानान्तर रूपमा अघि बढिरहेका हुन्छन् । विवादले नै खेलकुदलाई रोमाञ्चकसमेत तुल्याउँछ, भलै खेलकुदमा विवादको कुनै स्थान छैन भनियोस् । सन् २०१८ विश्वकप फुटबलको वर्ष रह्यो र यो वर्षका प्रमुख खेल विवाद यही प्रतियोगितासँग जोडिए । यसपटकको विश्वकप रूसले आयोजना गरेको थियो । यसक्रममा रूसले मानवअधिकारका धेरै तथ्यलाई वेवास्ता गरेको थियो । विशेषतः यौन स्वतन्त्रताको कुरामा रूस निकै पुरातन मानिन्छ । मानिसका हक अधिकारलाई लिएर पनि रूस परम्परागत सोचमै सीमित छ । पश्चिमेली मिडिया तथा मानवअधिकारीवादी संस्थाहरूले यसलाई सन् २०१८ को विश्व खेलकुदमा सबैभन्दा बिर्सनलायक घटनामा रूपमा लिएका छन् र यसलाई विवादास्पद घटना मानेका छन् ।
यी त मैदान बाहिरका घटना भए, मैदानभित्रको विवाद पनि उत्तिकै रहे, विश्वकपका क्रममा । मैदान भित्रको सबैभन्दा ठूलो विवाद रह्यो, स्विटजरल्यान्ड र सर्बियाविरुद्धको खेल । त्यसमा स्विस टिम २–१ ले विजयी भयो । जितका क्रममा दुई स्विस खेलाडी जारदन सकिरी र ग्रायन्ट साकाले अल्बानियाको झन्डाको प्रतीक देखाउ“दै खुसीयाली मनाए । उनीहरू दुवै अल्बानियाली मूलका हुन् र सर्बियाले गृहयुद्धका क्रममा अल्बानियालीहरूमाथि चर्को दमन गरेको मानिन्छ ।
यो खुसीयाली तिनीसँग सम्बन्धित देशबीच कूटनीतिक कटुताको कारणसमेत बन्यो । यस्तै क्रोएसियाले पनि रूसमाथि जित हातपरेपछि केही खेलाडीले चरम राष्ट्रवादी प्रतीक देखाएर खुसीयाली मनाए र रूस विरोधी नारा लगाए । यसले पनि तनावको वातावरण तयार ग¥यो । यसपटकको विश्वकप नियमकै कारणले पनि विवादमा रह्यो । लिग चरणमा जापान र सेनेगल समूह एच मा थिए । लिग चरणको समाप्तीमा दुवै टिम समान स्थितिमा थिए, अंकदेखि गोल गरेको र खाएको दुवैमा ।
यस्तोमा नकआउट चरण पुग्ने टिमको निर्णय भयो, कम–बढी कार्ड पाएका आधारमा । यो नियमले सेनेगलमाथि अन्याय भएको धेरैले माने र यसले विवादकै रूप लियो । यी विवाद सम्भवतः प्रतियोगिताको समाप्तिसँगै केही हदसम्म सेलाए पनि । युरोपेली च्याम्पियन्स लिगको फाइनलमा रियल म्याड्रिडका सर्जियो रामोसले लिभरपुलका मोहम्मद सलाहविरुद्ध गरेको फल पनि उत्तिकै विवादास्पद रह्यो । स्पेनी खेलाडी रामोसलाई बदनाम डिफेन्डर मानिन्छ । उनी रातो कार्डका नियमित ग्राहक हुन् । उनी डरलाग्दो फल हान्न माहिर छन् । रामोसले फाइनलका क्रममा इजिप्टका स्टार खेलाडी सलाहविरुद्ध त्यस्तै फल खेले । त्यसक्रममा सलाहलाई गम्भीर चोट लाग्यो र उनले विश्वकप फुटबलमा इजिप्टका लागि आपूmले सक्ने जति पनि खेल्न सकेनन् ।
विश्व खेलकुदको सबैभन्दा ठूलो विवाद भने क्रिकेटमा देखियो र यसले लामो समयसम्म पूरा क्रिकेटलाई नै प्रभाव पार्ने निश्चित छ र त्यो हो, बल टेम्परिङ विवाद । यो विवादले पूरा खेललाई नै नकारात्मक प्रभाव पारेको थियो । विवाद अस्टे«लिया र दक्षिण अफ्रिकाबीचको टेस्ट सिरिजमा भएको थियो । त्यस क्रममा अस्टे«लियाली खेलाडी क्यामरुन बेनक्राप्mट बलको स्वरूप बिगारिरहेको स्थितिमा समातिए । यो प्रकरणमा कप्तान स्टिभ स्मिथ तथा उनका सहायक डेविड वार्नर पनि जोडिए । उनीहरूविरुद्ध जरिवाना मात्र गरिएन्, लामै प्रतिबन्धसमेत लगाइयो । भन्न त क्रिकेटलाई भलाद्मीको खेल भनिन्छ, तर यो खेलका खेलाडी विरलै भलाद्मी रहन सकिरहेका छैनन् । स्मिथलाई आधुनिक क्रिकेटले देखेको उत्कृष्ट खेलाडी मानिन्छ, तर यही विवादले उनको पूरा खेल जीवन अन्यौलपूर्ण बनायो ।
सन् २०१८ मा इन्डोनेसियाले एसियाली खेलकुद आयोजित गरेको थियो जुन विवादबाट टाढा रहेन । आयोजक सहरमध्ये एक जाकार्तामा प्रतियोगिता सुरु हुनुअघि अपराधीहरूलाई चुप लगाउन सुनियोजित रूपमै धेरै इकाउन्टर गरिए र त्यस क्रममा थुप्रैको मृत्युसमेत भयो । यो प्रतियोगितालाई त्यहाँको सरकारले आप्mनो लोकप्रियताका लागि प्रयोग गरेको आरोप पनि लाग्यो । सन् २०१८ को एउटा ठूलो विवादको विषय रूस पनि रह्यो र यससँग जोडिएको घटना सन् २०१८ को होइन, तर रूसलाई लिएर विवाद लगातार यो वर्षपनि कायम रह्यो । डोपिङसँग सम्बन्धित यो विवाद चा“डै सेलाउने संकेत पनि छैन ।