साप्ताहिक संवाददाता
२०१० को न्यू इयर सेलिब्रेसन मैले भारतीय कलाकार विनोद खन्नासँगै नवलपरासीमा गरेको थिएँ । त्यसैले जब–जब न्यू इयर नजिकिन्छ तब त्यो वर्षको न्यू इयर सेलिब्रेसनको सम्झना आइहाल्छ ।
नीर शाह, अभिनेता
२००७ को न्यू इयर कार्यक्रमका लागि म पोखरा गएकी थिएँ । त्यहाँ पुगेपछि मैले बहिनीलाई भेटें । त्यसपछि हामी सँगै होटलमा बस्यौं, रमाइलो ग¥यौं । त्यो मेरा लागि एउटा मीठो संयोग थियो ।
प्राश्ना शाक्य, गायिका
२०१५ मा तमु धी युकेले न्यू इयर प्रोगामको आयोजना गरेको थियो । उक्त कार्यक्रम एकदमै राम्रो भएको थियो । त्यतिबेला मैले युकेमा नयाँ वर्षको अवसरमा देखाइने फायर वक्र्स पनि हेर्ने मौँका पाएकी थिए“ । त्यो वर्षको मेरो न्यू इयर एकदमै यादगार भएको थियो ।
आस्था राउत, गायिका
मैले बिर्सन नसक्ने न्यू इयर सेलेबे्रेसन भनेको २०१२ को हो । किनभने २०१२ को न्यू इयरको कार्यक्रमका लागि सत्यराज आचार्य, स्वरूपराज आचार्य र मेरो अस्ट्रेलियामा कार्यक्रम थियो । उक्त कार्यक्रमका लागि हामीलाई पाँच–छ दिन पहिले नै बोलाइएको थियो, तर जाने दिन एयरपोर्टमा राष्ट्रपति रामवरण यादबको सवारी रहेछ, जसले गर्दा बाटो जाम भयो अनि एयरपोर्ट पुग्दा प्लेन नै छुट्यो । त्यही कारणले म दुई दिनपछि मात्र अस्ट्रेलिया पुगें ।
केदार घिमिरे, हास्यकलाकार
अंग्रेजी नयाँ वर्षको सम्झन लायक केही पनि छैन । बरु हाम्रै नेपाली नयाँ वर्ष वैशाख १ गतेका भने सम्झनलायक धेरै कुरा छन् । यद्यपि अंग्रेजी नयाँ वर्षको सेलिब्रेसनमा सहभागिता जनाइन्छ तर अहिलेसम्म सम्झनलायक बनेको छैन ।
बद्री पंगेनी, गायक
म कुनै पनि न्यू इयरको सम्झना गर्दिनँ । किनभने म हरेक दिनलाई न्यू इयरजस्तै सेलिब्रेसन गरिरहेको हुन्छु । अझ भन्ने हो भने म अंग्रजी न्यू इयर त्यति मन पनि पराउँदिनँ । नेपाली नयाँ वर्ष त आफ्नो जन्मदिन नै हो, त्यसैले स्पेसल नै हुन्छ ।
दीपकराज गिरी, अभिनेता
तीन वर्षअघिको कुरा हो । क्यानाडामा क्रिसमस प्रोग्रामका साथै न्यू इयर मैले त्यहाँका नानीहरूसँग मनाएकी थिएँ । त्यहाँ एउटी नानीचाहिँ बोल्न नसक्ने थिइन् । मैले तिनै नानीसँग केही समय बिताएँ । त्यसैले त्यो वर्षको न्यू इयर सेलिब्रेसन मीठो सम्झना बनेर मनमा बसिरहेको छ ।
अञ्जु पन्त, गायिका
मेरा लागि अहिलेसम्मको नभुल्ने न्यू इयर सन् २००५ को हो । किनभने त्यसभन्दा पहिले म गाउँमै थिएँ । मलाई वैशाख १ गते मात्र नयाँ वर्ष मनाइन्छ भन्ने लाग्थ्यो । त्यो वर्ष काठमाडौं आएपछि पुस महिनामा न्यू इयर पर्दाे रै’छ अनि अंग्रेजी न्यू इयर पनि यसरी सेलिब्रेसन गरिँदो रहेछ भन्ने कुरा बुझ्ने मौका पाएँ ।
देवी घर्ती, गायिका
म हरेक वर्षको न्यू इयर सेलिब्रेसन आफ्नै परिवार तथा आफन्तहरूसँग गर्छु, जसले गर्दा बिर्सने त कुरै भएन ।
शिव विक, निर्देशक
सन् २०१३ को न्यू इयर सेलिब्रेसन मेरा लागि यादगार छ । किनभने म संघर्ष गरिरहेको कलाकार, पहिलो पटक गल्कोट समाज, जापानको कार्यक्रममा थुप्रै हिट कलाकारसँग म टोकियो पुगेको थिएँ । त्यहाँ अति रमाइलो भएको थियो ।
वसन्त थापा, गायक तथा संगीतकार
मैले आजसम्म न्यू इयर सेलेबे्रेसन गरेको छैन । त्यही शुभकामना आदान–प्रदान मात्र हो ।
अमर न्यौपाने, साहित्यकार
त्यस्तो बिर्सनै नसक्ने न्यू इयर सेलिब्रेसन त कुनै पनि छैन । यद्यपि मलाई हरेक न्यू इयर एकदमै प्रिय लाग्छ ।
रमेशराज भट्टराई, गायक