साप्ताहिक संवाददाता
चलचित्र ‘बुलबुल’को दोस्रो टिजर सार्वजनिक गरिएको छ । सार्वजनिक टिजरमा चलचित्रका दुई मुख्य पात्र टेम्पोमा डेटिङको कुरा गरिरहेका देखिन्छन् । अभिनेत्री स्वस्तिमा खड्का चलचित्रको शिर्ष भूमिकामा देखा पर्दैछिन् । टिजरमा उनीसँगै अर्का मुख्य पात्र मुकुन भुसाल देखिएका छन् ।
चलचित्रलाई ‘साँघुरो’का लेखक विनोद पौडेलले निर्देशन गरेका हुन् । उनको यो फिचर फिल्ममा डेब्यु निर्देशन हो । चलचित्रमा स्वस्तिमाले टेम्पो चालकको भूमिका निर्वाह गरेकी छिन् । उनले एक महिनाभन्दा बढी समय दिएर टेम्पो चलाउन सिकेकी थिइन् । चलचित्रमा लक्ष्मी बर्देवाले स्वस्तिमाको टेम्पोचालक साथीको भूमिका निर्वाह गरेकी छिन् ।
फागुन ३ गते रिलिज हुने चलचित्रमा बुद्धि तामाङ, मुकुन भुसाल, उज्वल अधिकारी, दीपक क्षेत्री, जोयस पाण्डे, आशिका पाण्डे आदि कलाकारले अभिनय गरेका छन् ।
बुलबुलको टिजर :