साप्ताहिक संवाददाता
पुस १७, २०७५
अभिनेत्री पूजा शर्माको मुख्य भूमिका रहने चलचित्र ‘सम्हालिन्छ कहिले मन’मा अभिनेता आकाश श्रेष्ठले उनको जाृडीका रुपमा प्रस्तुत हुने भएका छन् । सुदर्शन थापाको लेखन तथा निर्देशनमा बन्न लागेको यो चलचित्रमा गायक सोनम तोप्देनले पनि अभिनय गर्ने भएका छन् । सोनमले यो चलचित्रका लागि एउटा गीतमा आवाज समेत दिएका छन् ।
सोनम कभर गीत गाएर चर्चामा छन् । भारतीय मुलका तिब्बतियन गायकले यो चलचित्रमार्फत नेपाली चलचित्रमा डेब्यू पनि गर्न लागेका हुन् । चलचित्रमा २ नायक र एक नायिका रहनेछन् । यो चलचित्रमा अर्को नायक को हुने भन्ने चर्चा चलिरहेको समयमा यसको निर्माणपक्षले नायक आकाश श्रेष्ठलाई फाइनल गरेको छ ।